परराष्ट्रमन्त्रीद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली
काठमाडाैं | पुस १८, २०८१
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
मन्त्री डा राणाले आज दिउँसो काठमाडौँको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर उहाँको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि दिनुभएको हो ।
परराष्ट्र सेवामा रहनुभएकी शाह विसं २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त हुनुभएको थियो ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

